डेढ महिनादेखि बेपत्ता वृद्धाको शव जंगलमा भेटियो

पाल्पा,  पाल्पामा करिब डेढ महिनादेखि हराइरहेकी एक वृद्धाको शव जंगलमा फेला परेको छ । तानसेन नगरपालिका–८ की ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत पुस ४ महिनादेखि ती वृद्धा हराएकी थिइन् । खोजी गर्ने क्रममा उनको शुक्रबार माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा मृत अवस्थामा उनी फेला परेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।