चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

रुकमु, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरमै बसेका बोहरालाई चट्याङ लागेको थियो । बोहराको घटनास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ लागेर बोहराकी श्रीमती घाइते भएकी छन् । ३५ वर्षीया सीता बोहरा घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्ष ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।

घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरिरको दायाँतर्फको भागमा चोट लागेको छ । खाना खाएर अगेनामा आगो तापेर बसिरहेका बेला चट्याङ लागेको थियो ।