सभामुख सापकोटाद्वारा प्रधानमन्त्रीसहित ३९ जनाविरुद्ध मुद्धा दर्ता

काठमाण्डौ,सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी ओली लगायत ३९ जना विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता गरेका छन् ।हालै गरिएको संवैधानिक नियुक्तिहरू विरुद्ध त्यो मुद्धा दर्ता गरिएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले वताए।

उनका अनुसार मुद्धा दर्ता गरिएकाहरुमा प्रधानमन्त्री ओलीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तम प्रेमकुमार राई तथा आयुक्तहरु जयबहादुर चन्द र किशोरकुमार सिलवाल, निर्वाचन आयोगका आयुक्तद्धय रामप्रसाद भण्डारी र डा जानकी तुलाधर, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर तथा सदस्यहरु मनोज दुवाडी, सूर्य ढुङ्गेल, लिली बस्नेत, मिहिर ठाकुर, वित्त आयोगका सदस्यहरु जुद्धबहादुर गुरुङ र अमरबहादुर मिश्र, महिला आयोगका अध्यक्ष कमला पराजुली र सदस्यहरु कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हा, मधेशी आयोगका सदस्यहरु जिवछ शाह, रेणुदेवी शाह र विजय गुप्ता, आदिवासी जनजाति आयोगका अध्यक्ष, रामबहादुर थापा, थारू आयोगका सदस्य विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह चौधरी र भोलाराम थारू लगायतका छन् ।

उनीहरुले गत बुधावार राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए ।शपथग्रहण समारोहमा सभामुख सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन अनुपस्थित रहेका थिए । ती नियुक्तिहरु अवैधानिक भएको भन्दै सापकोटाले वारेशमार्फत आज सर्वोच्चमा मुद्धा दर्ता गरेका हुन् ।