स्कारपियो प्यूठानको मोतीपुरमा दुर्घटना, एकको मृत्यु, तीन घाइते

भालुवाङ, दाङको भालुवाङबाट रोल्पाको सुलिचौर जाँदै गरेको स्कारिपियो प्युठानमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

शुक्रबार बिहान रा १ ज ८०९ नम्वरको स्कारपियो प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।