संवैधानिक नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च पुगे सभामुख सापकोटा

काठमाडौं,संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटा रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन्।

संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरू पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका छन्।