पार्टी प्यालेसको पाँचौँ तलाबाट खसेर एकको मृत्यु

मकवानपुर, मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाकारी दिएका छन् ।

उनका अनुसार आज बिहान ६ः१५ बजे पार्टी प्यालेसको पाँचौँ तलाबाट खस्दा गम्भीर घाइते भएका यादवको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यादव क्विक–२० पार्टी प्यालेसमा सरसफाइको काम गर्दै आएका थिए ।