मैले एमसीसीको समर्थन गरेको छैनः प्रचण्ड

काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् ।

आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आफू एमसीसीको समर्थनमा नरहेको प्रष्ट्याएका छन् । बिहिबार आम हड्ताललाई सफल बनाउन सडकमा निस्किएका कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाउँदा प्रचण्डले रोकेका थिए ।

प्रचण्डले उक्त क्षणलाई जोडेर भ्रम फैलाएको समेत बताए । ‘म एमसीसीको समर्थनमा गएको छैन । परिमार्जन गर्न जरुरी छ । छलफल भइरहेको छ । पार्टीले कुनै निर्णय गरेको छैन ।’ प्रचण्डले भने ।