६१ उपसचिवको सरुवा र पदस्थापन
प्रकासित मिति : २०७७ माघ २३, शुक्रबार ०७:५५
प्रकासित समय : ०७:५५
काठमाडौं, संघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका ६१ उपसचिवको सरुवा गरेको छ ।
सरुवा र पदस्थापन भएकामध्ये केही जना केही समयअघि बढुवा भएका हुन् । बिहीबार बसेको मन्त्रालयको वैठकले उनीहरूलाई स्थानीय तह, प्रदेश र संघमा सरुवा तथा पदस्थापन गरिएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी २२ उपसचिवलाई स्थानीय तहमा पठाइएको छ।

