हराइरहेकी किशोरीको शव विद्यालय पोसाकमै फेला

हत्याको आशंका

बैतडी,  दुई दिन (बुधबार) देखि बेपत्ता वैतडीमा १७ वर्षीया किशोरीको शव घर नजिकैको जङ्गलमा फेला परेको छ । बुधबारदेखि बेपत्ता दोगडा केदार गाउँपालिका–७ की भागिरथी भट्टको शव घर नजिकैको जंगलमा बिहीबार साँझ फेला परेको हो ।

खोजी गर्ने क्रममा घर नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

विद्यालयबाट घर फर्कने क्रममा वेपत्ता भएको आशंका गरिएकी उनको शव विद्यालय पोसाकमै फेला परेको छ । बिशोरीको हत्या गरी जंगलमा फालेको हुनसक्ने अनुमान स्थानीयको छ । प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ । ‘हामीले छानविन शुरु गरेका छौं । छिट्टै सत्यतथ्य सार्वजनिक गरिहाल्छौं,’ डीएसपी अधिकारीले भने