रौतहटमा एक युवक मृत फेला

रौतहट , रौतहटमा एक युवकको शव फेला परेको छ । जिल्लाको बृन्दावन नगरपालिका–९ भुषहास्थित गहुँबारीमा एक युवकको शव भेटिएको फेला परेको हो । बिहीबार साँझ करिब ६ः५० बजेको समयमा अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव गहुँबारीमा भेटिएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यसैबीच रौतहट प्रहरी प्रमुख एसपी सिद्वीविक्रम शाहले मृतक गुजरा नगरपालिका–७ का लक्ष्मणराम चमारका छोरा रितुराम चमारको भएको बताएका छन् । मृतक चमारको शरीरमा कुनै दाग नदेखिए पनि कसैले हत्या गरेको हुनसक्ने आशंका रहेको एसपी शाहले बताए । मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको र रिपोर्ट आएपछि मात्र केही भन्न सकिने एसपी शाहले बताए ।