मांसहारी आन्दोलन गर्नेलाई चिडियाखानामा बन्द गर्छौं – गृहमन्त्री थापा

काठमाडौँ,  गृहमन्त्री रामबहादुर थापा बादलले सत्ताको विरुद्धमा विभिन्न आन्दोलन भएपनि नेतृत्व नझुक्ने बताएका छन् ।

नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएका छन् ।

उनीहरुले मांसहारी आन्दोलनको तयारी गरिरहेका छन् । कुनै पनि हालतमा नेतृत्व झुक्दैन । अवसरवादीले मांसहारी आन्दोलन गरे उनीहरुलाई जावलाखेलको जूमा लगेर थुनिने छ।’