नेकपा दाहाल-नेपाल पक्षले गरेको बन्द खुल्यो
प्रकासित मिति : २०७७ माघ २२, बिहीबार १८:२१
प्रकासित समय : १८:२१
काठमाडौँ , प्रतिनिधिसभा विघटन र विभिन्न संवैधानिक नियकामा गरिएको विवादास्पद नियुक्तिलाई लिएर नेकपाको ‘दाहाल-नेपाल’ पक्षले गरेको बन्द खुलेको छ ।
विहीबार अपराह्न विज्ञप्ति जारी गर्दै आन्दोलन समितिका संयोजक नारायणकाजी श्रेष्ठले शान्तिपूर्वक रुपमा बन्द सम्पन्न भएको बताए ।उनले भने, ‘नेकपाले आह्वान गरेको बन्द ५ बजेदेखि खुलिसकेको छ । हाम्रो बन्द शान्ति र सफलतापूर्वक सम्पन्न भएको छ ।’
शान्तिपूर्ण कार्यक्रम गर्दा पनि सरकारले प्रहरी बल प्रयोग गरी सयौं नेता कार्यकर्ता पक्राउ पर्नुका साथै केहीलाई घाइते बनाइएको आरोप लगाएका छन बन्दका क्रममा नेकपाका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य रामचन्द्र झालगायतका नेताहरू घाइते भएका छन् ।