नाराबाजी गर्दै सडकमा उत्रिए प्रचण्ड
प्रकासित मिति : २०७७ माघ २२, बिहीबार १०:५९
प्रकासित समय : १०:५९
काठमाडौं ,सरकारविरूद्ध आन्दोलनको घोषणा गरेको नेकपा प्रचण्ड माधव समूहले आज आम हड्ताल आह्वान गरेको छ । आमहड्ताललाई सफल बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्ड पनि सडकमा उत्रिएका छन् ।
सातदोबाटोमा प्रदर्शनकारीबीच प्रचण्डले केहीबेर नाराबाजी गरेका थिए। उनले आन्दोलन सशक्त बनाउन कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। आम हड्ताल सफल बनाउन र पसल ब्यवसाय बन्द गर्न नेता कार्यकर्ता हुल बाँधेर निस्केका छन्। हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन्।