भोली देशभर आमहड्ताल गर्ने प्रचण्ड-नेपाल पक्षको घोषणा

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । नेकपा केन्द्रीय संघर्ष समितिले बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर भोलि आमहड्ताल गर्ने घोषणा गरेको हो ।

संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गराइएको थियो । त्यसकै विरोधमा आमहड्ताल घोषणा गरिएको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने श्रेष्ठले बताए ।