नेकपा नेतृ झाँक्रीलाई कारबाही गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ, नेकपाको ओली पक्षको अखिल नेपाल महिला संघ (नेमसंघ)ले विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग राखेको छ ।

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग राखेको हो।

ज्ञापन पत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्‍यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपन जनक शब्दहरु प्रयोग गरेकाले प्रक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।