स्वास्थ्यकर्मीमाथी दुब्र्यहारको आरोप लागेका शाहीलाई कारबाही गर्न युवा संघको माग

नेपालगन्ज, स्वास्थ्यकर्मीमाथी दुब्र्यहार गरेको आरोप लागेका सामाजिक अभियानता भनेर चिनिने ज्ञानेन्द्र शाही लगायतलाई कारबाही गर्न राष्ट्रिय युवा संघ, नेपाल बाँकेले माग गरेको छ ।मंगलबार संगठनको तर्फबाट सह-संयोजक आकाश कार्कीले एक विज्ञप्ती जारी गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी भएको दुब्र्यहारको घटनाको भत्र्सना र निन्दा गर्दै संलग्नलाई कारबाहीको माग गरेका छन ।

उनले अस्पतालजस्तो संवेदनशिल क्षेत्रमा हुलहुज्जत गर्दै स्वास्थ्यकर्मीमाथी हातपात गरीएको घटनाप्रति राष्ट्रिय युवा संघ नेपाल बाँकेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै स्वघोषित सामाजिक अभियन्ताका नाममा गरिने अपराधिक क्रियाकलापमा संलग्न ज्ञानेन्द्र शाही र उनका मतियारलाई अबिलम्ब पक्राउ गरी कडा भन्दा कडा कानुनी कारबाही गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भनेर चिनाउने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका थिए । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य, नर्सिङ स्टाफ देवा जोशी लगाएत स्वास्थ्यकर्मीहरुमाथी दुब्र्यवहार गर्दै हातपात गरेका थिए ।

यस विषयमा भेरी अस्पताल प्रशासनले समेत विज्ञप्ती जारी गर्दै दोषि माथी कडा कारवाहीको माग गरेको छ ।

यस्तो छ विज्ञप्ति