विभिन्न जिल्लामा चार जना मृत फेला

काठमाडौं, विभिन्न जिल्लामा चार जना मृत फेला परेका छन् । जसमा तीन जना महिला रहेका छन् ।ईलाम- सन्दकपुर गाउँपालिका-४ सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिन्धुपाल्चोक-त्रिपुरासुन्दरी गाउँपालिका-३ एक्ले भीरमा सोही गाउँपालिका-२ चोकटी बस्ने ७४ वर्षीय काशी थामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।झापा- बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ५० वर्षीया हेम कुमारी चौहान आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

सर्लाही- कबिलासी नगरपालिका-६ मदनपुरस्थित बिर्ता पोखरी नजिकै खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।