जाजरकोटको बारेकोटमा १७० किलोवाटको सौर्य विद्युत उत्पादन हुँदै

जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा १७० किलोवाटको सौर्य विद्युत उत्पादन हुने भएको छ । बैकल्पिक उर्जा प्रबर्धन केन्द्र काठमाडौँले सो सौर्य प्रणाली जडान गर्न लागेको हो ।

बारेकोट गाउँपालिकाका -५ को लिम्सामा जडान हुन लागेको सौर्य विद्युत प्रणाली बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्वमा रेखदेख हुनेगरी सौर्य विद्युत प्रणाली जडान गर्न लागिएको हो । बारेकोट गाउँपालिकामा बन्न लागेको सौर्य विद्युत प्रणालीका लागि ९५ लाख बजेट बिनियोजित भएको वैकल्पिक उर्जा प्रबर्धन केन्द्रले बताएको छ । केन्द्रले ९० प्रतिशत र स्थानीय तहले १० प्रतिशत बजेट व्यवस्था गर्नुपर्ने पनि केन्द्रले जानकारी दिएको छ । बोलपत्रको लागि सुचना आव्हान भैसकेको छ ।

तीन महिनाभित्र सौर्य प्रणाली जडान हुनेछ । सौर्य विद्युत प्रणालीले गाउँपालिका भित्रको सबै घरधुरीमा उज्यालो हुनेछ । विद्युतको पहुँच नपुगेका कर्णालीलिका स्थानिय तहमा पहुँच वृद्धि गर्ने उद्येश्यले सौर्य प्रणाली जडान सम्झौता भएको र तेहि अनुसार निर्माण कार्य अघि बढेको जुम्ला गुठिचौर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामलाल प्याकुरेलले बताए। बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले कर्णालीका पाँचओटा स्थानिय तहमा तीन महिना भित्र सौर्य विधुत प्रणाली जडान गर्न लागेको हो ।