तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं, काठमाडौंको कोटेश्वरबाट तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।

सोमबार साँझ विष्णु प्रसाद ढकालको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे चौरीदेउराली घर भएका ४१ वर्षीय यज्ञ बहादुर गौतमसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट १ लाख ४७ हजार ३ सय रुपैयाँ नगद र १ बुक तास पनि बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।