प्रचण्ड-नेपाल पक्षद्वारा आयोगमा आधिकारिकता दाबी पेस

काठमाडौँ, नेकपाको प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी पेश गरेको छ ।मंगलबार बिहान अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेर पार्टीका नाम र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गरेका हुन् ।

सो पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गरेको छ । दफा ४४ अनुसार कुनै पनि पक्षले केन्द्रीय कमिटीको ४० प्रतिशत सदस्यको हस्ताक्षर र प्रमाणसहितको विवरण आयोगमा पेस गर्दै आधिकारिकता दाबी गर्न सक्छन् ।

निर्वाचन आयोगले आधिकारिक मानेको ४ सय ४१ केन्द्रीय सदस्यमध्ये २७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित औपचारिक रूपमा वैधानिकताको दाबी गरेको स्रोतले बताएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई चिरामा विभाजन भएको छ ।