प्रतिनिधि सभा विघटनः सरकारी पक्षको बहस सुरु

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन निवेदनमा मंगलबार पनि सरकारी पक्षको बहस सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासमा ४ माघदेखि सुरु भएको रिट निवेदक पक्षको सुनुवाइ आइतबार सकिएपछि सोमबारदेखि सरकार पक्षको बहस सुरु भएको छ ।सोमबार विघटनको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका थिए ।

गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपतिको कार्यालय र सभामुखलाई विपक्षी बनाई सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए ।