विप्लव नेतालाई भेट्न खानेपानी मन्त्री नख्खु कारागार

काठमाडौँ, खानेपानी मन्त्री मणि थापाले कारागारमा रहेका सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका नेता हेमन्तप्रकाश ओली (सुदर्शन)लाई भेटेका छन् ।

मंगलबार बिहान नख्खु कारागार पुगेका मन्त्री थापाले नेता ओलीसँग भेटवार्ता गरेको स्रोतले जनाएको छ । काठमाडौँस्थित एनसेलको मुख्यालयमा बम बिष्फोट गराएको आरोपमा पक्राउ परेका सुदर्शनलाई ललितपुर जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको थियो ।

मन्त्री थापाले कैदीबन्दीहरुलाई भेट्नुका साथै नख्खु कारागारको सरसफाई र खानेपानीको अवस्थाबारे बुझेका थिए ।