नेपालले पहिलोपटक एसियन भलिबल च्याम्पियनसिप खेल्ने

काठमाडौँ, राष्ट्रिय महिला भलिबल टोलीले चीनमा आयोजना हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्ने भएको छ ।एसियन भलिबल महासंघ (एभीसी)को बैठकले जियाङमेनमा हुने च्याम्पियनसिपमा नेपाललाई पनि समेट्ने निर्णय गरेको हो ।

प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुँदैछ । नेपालले पहिलो पटक एसियन च्याम्पियनसिपमा भाग लिन लागेको हो ।प्रतियोगितामा आयोजक चीनसहित १६ टिमले सहभागीता जनाउनेछन् । पछिल्लो एसियन च्याम्पियनसिपको शीर्ष १० मा पर्ने टोली सिधै छनोट हुनेछन् ।

नेपाल रहेको सेन्ट्रल जोनबाट इरान, काजकिस्तान, भारत सिधै छनोट भइसकेका छन् ।नेपालसहित श्रीलंका र उज्वेकिस्तान पनि एसियन च्याम्पियनसिपका लागि सिधै छनोट भएका छन् । नेपालले गत वर्ष १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा रजत पदक जितेको थियो । त्यसअघि बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालले ऐतिहासिक स्वर्ण पदकसमेत जितेको थियो ।