संवैधानिक परिषद् बैठक बुधबारका लागि बोलाइयो
प्रकासित मिति : २०७७ माघ २०, मंगलवार ०८:०९
प्रकासित समय : ०८:०९
काठमाडौं,संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ । निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उब्जिरहेका बेला बैठक बोलाइएको हो ।
![]()
राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । पहिलो एजेण्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजे(डामा विविध उल्लेख गरिएको छ ।
प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताए ।

