प्रचण्ड-नेपाल पक्षको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समितिको बैठक सुरु भएको छ।

केहीबेर अघिबाट बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट कारबाही गर्नेलगायतका एजेण्डाबारे छलफल हुने एक नेताले बताएका छन् ।