ईश्वर पोखरेल सवार गाडीमा तोडफोड

काठमाडौँ,नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल सवार गाडीमा तोडफोड भएको छ ।

ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न नुवाकोट पुगेका उपप्रधानमन्त्री पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी सवार गाडीमा प्रचण्ड-माधव पक्षले कालोझण्डा देखाउनुका साथै ढुंगामुढा प्रहार गरेको बताइएको छ ।

ढुंगामुढा प्रहारपछि पोखरेलको गाडीमा सामान्य क्षति पुगेको छ ।ओली पक्ष र प्रचण्ड-माधव पक्षबीच झडप हुँदा ढुंगामुढा भएको थियो । झडपमा तीनजना कार्यकर्ता सामान्य घाइते भएका छन् ।