प्रचण्डविरुद्ध अपहेलनाको मुद्दा दर्ता

काठमाडौं,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दर्ता गरिएको छ।

अधिवक्ता समिर हायूले सोमबार मुद्दा दर्ता गरेका हुन्। मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ।प्रचण्डले विराटनगरको सभामा बोलेको विषयलाई आधार बनाएर मुद्दा दर्ता गरिएको बताइएको छ ।

उक्त सभामा प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनस्स्थापना गराउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गरेरै छोड्ने बताएका थिए ।