बाँके जिल्ला स्तरिय प्रथम बुद्धिचाल प्रतियोगिता सम्पन्न

कोहलपुर, बाँके जिल्ला स्तरिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।शनिवार बैजनाथ गाउपालिका वडा नं. ४ बानियाभार स्थीत डाइनामिक इङ्लीस मिडियम स्कुलद्वारा अायाेजित बाँके जिल्ला स्तरिय प्रथम खुल्ला बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियाेगितामा ५ अंकका साथ काेहलपुर नगर बुद्धिचाल संघका अध्यक्ष समेत रहेका संगम पाेख्रेल प्रथम भएका छन ।

पाच राउण्डामा खेलाईएकाे प्रतियाेगितामा खुल्ला तर्फ भेरी प्राविधिक शिक्षालय नेपालगन्जका केशर वली ४ अंकका साथ दाेश्राे, काेहलपुरका अाेम प्रकाश भुषाल तेश्राे, नेपालगंज माेडेल एकेडेमीका सुभाश शाह चाैथाे, सेन्ट थाेमस स्कुलका प्रकाश बाेहरा पाँचाै, देव बहादुर खत्री छैंठाै र गाेर्खा स्कुलका अन्सुमन मगर साताैं हुन सफल भएका छन ।

साथै विधाहरु मध्य विद्यार्थी तर्फ ४ अंकका साथ नेपालगंज माेडेल एकेडेमीका निष्पक्ष जंग शाह प्रथम र अरुणाेदय स्कुलका उत्सव बस्नेत दाेश्राे भएका छन । त्यसैगरी केदार ढकाल काेहलपुर च्याम्पीएन र पञ्चमुखी स्कुलका सिद्धार्थ पुन दाेश्राे भएका छन ।

तिन अंकका साथ नेपालगंज माेडेल एकेडेमीकी श्रृष्टी शाह महिला च्याम्पीएन र खजुरा बहुमुखी क्याम्पसकी निशा बस्नेत सेकेण्ड भएका छन । नेपालगंज च्याम्पियन तर्फ ३ अंकका साथ अार्यन बिष्ट प्रथम र नेपालगंज माेडेल एकेडेमीका सुमित थापा दाेश्राे भएका छन ।

त्यसैगरी अन्डर-१० वर्ष तर्फ सम्यक गैरेले गाेल्ड मेडल हासिल गरेका छन । पशुपति नाथ याेगीले चिफ अार्विटरकाे भूमिका निर्वाह गरेकाे प्रतियाेगितामा २.५ अंकका साथ दिपक खत्री बैजनाथ च्याम्पीएन भएका छन भने अाकृती बाेहरा नेपालगंज माेडेल एकेडेमी प्रथम हुन सफल भएकी छन ।

साथै रविन पुन मगर डाइनामिक इ.मि. स्कुल च्याम्पीएन भएका छन । खुल्ला तर्फका टप १२ र विधा तर्फ उत्कृष्ट हुन सफल खेलाडीहरुलाई अायाेजक स्कुलका प्रिन्सीपल प्रकाश शाह, बाँके जिल्ला बुद्धिचाल संघका सदस्य मदन वली लगाएतले मेडल सहित प्रमाणपत्र वितरण गर्नु भएकाे थियाे ।