सुर्खेत जिल्ला फुटबल संघको नवनिर्मित भवन उद्घाटन

सुर्खेत, सुर्खेत जिल्लाको फुटबल संघको नवनिर्मित भवनको उद्घाटन भएको छ।भवनको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले एक कार्यक्रमका बीच उद्घाटन गरेकी थिईन । जिल्ला खेलकुद विकास समितिको प्राङ्गण भित्र नै रहेको भवन निर्माण गर्न आठ लाख लागत लागेको जिल्ला फुटवल संघले बताएको छ।

अखिल नेपाल एन्फाले पाँच लाख र अन्य सहयोगीतादाताबाट तिनलाख संकलन गरेर भवन निर्माण सम्पन्न भएको  जिल्ला फुटवल संघ सुर्खेतले बताएको छ।आफ्नो भवन नहुदाँ सानो तिनो कार्यक्रम गर्न पनि अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै अव आफ्नै भवनबाट कार्यक्रमहरु संञ्चालन गरिने बताए।यस्तै कार्यक्रममा बीरेन्द्रनगर नगरपालिकका उपप्रमुख  ढकालले अहिले खेलकुदका गतिविधि संञ्चालन हुन नसकिरहेको अवस्थामा आगामी फागुणमा बीरेन्द्रनगरमा मेयर र उपमेयरकप प्रतियोगिता संञ्चालन गर्ने समेत बताईन ।

 

उपमेयर ढकालले कुनैपनि प्रतियोगिता संञ्चालन गर्न नगरपालिकाले सहयोग गर्न तयार रहेको उल्लेख गरिन।कार्यक्रममा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिता संञ्चालनको लागी तिनै तहको सरकारको सहयोगको अपेक्षा रहेको बताए।उनले खेलकुद प्रतियोगिता संञ्चालन गर्न भौतिक पुर्वाधार मुख्यसमस्या रहेको भन्दै सरकाले खेलक्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड  दिए । यसैबीच कार्यक्रममा सुर्खेतमा रहेका फुटबल क्लबहरुलाई खेलकुद सामाग्री पनि हस्तान्तरण गरिएको थियो।