सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना

सुर्खेत, सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना भएको छ । शुक्रबार विहान करिव ९ः३० वजे सुर्खेत देखि नेपालगञ्ज जादै गरेको बा प्र ३००१-००२ च ३१६९ नम्वरको बोलेरो गाडि बवई नजिकै दुर्घटना भएको हो ।चिसो मौसमका कारण तुवालो लागेर गाडि अनियन्त्रित भई सडकदेखि करिव ५ मिटर तल खोल्सामा खसेको थियो। सो बोलेरो गाडिमा तिन जना यात्रु सवार रहेका थिए । सवार हुनेमा वीरेन्द्रनगर नगरपालिका १० बस्ने बिष्णु मल्ल , सोहि ठाउँ बस्ने बिमला मल्ल र चालक मध्यपच्शिमाञ्चल विश्वविद्यालयका पुर्व रजिष्टार महेन्द्र कुमार मल्ल रहेका थिए ।

उनिहरुलाई चोटपटक लागेपनि अबस्था भने सामान्य रहेको र गाडि भने पुर्ण रुपमा क्षति ग्रस्त रहेको उद्दारमा खटिएको प्रहरीले जानकारी दिएको छ । घाईते तिनै जनालाई उपचारको लागि एम्बुलेन्समा नेपालगञ्ज लगिएको छ । यात्रुले नेपालगञ्ज देखि काठमाडौँ जानको लागि प्लेन टिकट रहेकाले विहानै सुर्खेतदेखि गाडिको यात्रा गरेका थिए ।