संसद मार्ने अनि काम गर्न दिएन भन्नेः रामनारायण बिडारी

काठमाडौं, राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसददेखि डराउने रोग लागेको जनाएका छन् ।

प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता बिडारीले भने हामीले कस्तो प्रधानमन्त्री बनाइएको रहेछौँ जो संसदसँग तर्सिरहन्छन् हाम्रो प्रधानमन्त्रीलाई पार्लियामेन्ट फोबिया भएको छ। प्रतिनिधिसभा विघटन त गर्नुभो गर्नुभो राग्ष्ट्रिय सभा पनि तीन दिनमै स्थगित गर्दिनु भो। प्रधानमन्त्रीले आफ्नो दलभित्र किचकिच भएको भन्दै संसद विघटन गरेको आरोप लगाए। उहाँले रूख काटेर अनि फूल र फूल खै भन्ने ?

संसद मार्ने अनि काम गर्न दिएन भन्ने ? उनले प्रश्न गरे । बिडारीले नेपालको संविधानअनुसार प्रधानमन्त्री ओलीको असंवैधानिक  कदमका व्याख्या गर्नुपर्ने बताए।‘हाम्रो संविधानको व्याख्या गर्नु पर्‍यो, अर्काको देशको संविधानको ब्याख्या गरेर हुँदैन उनले भने भारतको संविधान हेरेर नेपालको संसद विघटन गर्ने । हाम्रो संविधान अरुको भन्दा फरक छ।

शान्ति प्रक्रिया र गणतन्त्रको स्थापना हामीले कसरी गर्यों अरुको भन्दा फरक छौं हामी। संसदमा सपथ खाएको मान्छेले संविधान नमान्ने ?उनले संविधान निर्माणका क्रममा सुवास नेम्वाङले पटक–पटक प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिन नहुने बताएको स्मरण समेत गराए।