प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौँ,  प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

सैनिक मुख्यालयमा शुक्रबार भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको सपथसँगै राजदूत बेरीले राजनीतिक दलका शीर्ष नेताहरुलाई समेत भेटका थिए ।

भेटमा उनले राष्ट्रपति बाइडेनका नितिहरुको बारेमा जानकारी दिँदै आएका छन ।सेनाले यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास लिएको जनाएको छ ।