आफ्नै छोरीको डोरीले घाँटी कसेर हत्या

अर्घाखाँची,  अर्घाखाँचीको शितगंगा नगरपालिकामा बुबाले आफ्नै छोरीको डोरीले घाँटी कसेर हत्या गरेका छन् ।

शितगंगा–२, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबु–छोरी मात्र भएको अवस्थामा प्लाष्टिकको डोरीले घाँटी कसेको पाइएको छ ।

इलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्या अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ । केही समयदेखि श्रीमानसँगको विवादले उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् ।