दुई मुखे सर्प सहित एक पक्राउ

नेपालगन्ज, ईलाका प्रहरी कार्यालय कोहलपुरले दुई मुख भएको सर्प सहित एक जनालाई पक्राउ गरिएको छ । मंगलबार प्रहरीले बिशेष सुचनाका अाधारमा नेपालगन्ज उपमहानगरपालिका-२० राझाबाट दुई मुखे सर्प सहित एक जनालाई पक्राउ गरएको हो ।करिव १५ करोडमा किनबेच हुन लागेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले दुई मुखे सर्प सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिईएको हो ।

प्रकाउ गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।