बादै बादको रण सग्राम भित्र

वाद

धेरै ओटा बादका सिद्धान्त देखाइयो यहाँ ।
कहिले माक्र् लेनिनवाद ।
कहिलेको माओबाद सगै जनबाद ।
अनि सर्बहारा मुक्तिको समाजबाद ।
बादै बादको रण संग्राम भित्र ।
आज सारा युवालाई बनाए बरबाद यहाँ ।

कसले के पाए बाद भित्र यहाँ  ?
बादले निम्ताएकोछ यहाँ कहिलेको युद्ध ।
कहिलेको मसालसगको जुलुस रे ।
बाद सगै छोराले बाउ गुमाए दाजुले भाई ।
अनि धेरै श्रीमतिले श्रीमान गुमाए ।
आखिर आज गुमाउनेले के पाए वाद भित्र यहाँ ?

आज पनि घर भित्र बारुद राखेर ।
निष्किए सलाई बोकेर सडकमा वाद ।
क्रान्तिका नाममा बिकृति ल्याए ।
सस्कारमा बाउको पाउमा ढोग्ने छोराले ।
हात मुठिले सलाम गर्दै छ बाद भित्र यहाँ ।

बाद भित्रको आन्दोलन नेतालाई मस्ती ।
नेपाली जनतालाई भएको छ शास्ति ।
बाद ले नेताको बिकास,देश र जनताको सत्यनाश ।
आज पनि देख्दै छु सडकमा जिन्दाबाद र मुर्दाबाद ।
युवा भविष्य सहिद भयो बाद भित्र यहाँ।