सिरहामा प्रेसर कुकर बम फेला

काठमाडौँ, सिरहाको मिर्चैया नगरपालिका-५ जिबाखोला पुलमा प्रेसर कुकर बम फेला परेको छ ।

शनिबार बिहान पुलमा बम भेटिएसँगै केही बेरका लागि पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । हाल डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल गएको पनि बताइएको छ ।

बम कसले र केको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।