पुलिसको सानदार जित

काठमाडौं, राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो ।पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २र२ गोल गरिन् ।

यस्तै अमृता जैशी र निर्मला बिकले एकरएक गोल गरिन् । जितसंगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ ।पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।