लोकगीतमा प्रगतिशीलता भन्ने अन्तक्रियात्मक गोष्ठि सम्पन्न

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फाउण्डेसनको सह-आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारीको सभाहलमा उक्त विचार गोष्ठि सु- सम्पन्न भएको हो ।

अन्तक्रियात्मक विचार गोष्ठीमा प्राध्यापक डा ताराकान्त पाण्डे, सह-प्राध्यापक डा मधुसुदन गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्राध्यापक डा जगदीशचन्द्र भण्डारी र पुर्व क्याम्पस प्रमुख महेन्द्र गिरीले प्रस्तुत गरिएको कार्यपत्रमा टिप्पणीकारको भुमिका निभाएका थिए । कार्यक्रममा उपस्थित एन पी पान्डे,मोलनाथ मरहट्टा,अनिल क्षेष्ठ,मित्रलाल पंगेनी,सिता ऐरी, शिला योगी,कृष्ण गुरुङ र दिपक शाहीले प्रगतिवादी  कविता वाचन समेत गरेका थिए ।

विचार गोष्ठी कार्यक्रममा हिरामणि दुखी,साहित्यकार एमपि पाण्डे,साहित्यकार मित्रलाल पंगेनी लगायतको अग्रज व्यक्तिहरुको उपस्थिती रहको थियो । कार्यक्रमको संचालन भने हर्कबहादुर शाही स्मृति फाउण्डेसनका अध्यक्ष दिपक बहादुर शाहीले गरेका थिए ।