ओलीसँग साइबर सेना मात्रै बाँकी छः घनश्याम भुसाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको हार निश्चित रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता भुसालले अहिले ओलीसँग साइबर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक्ति आन्दोलनको पक्षमा रहेको बताएका छन् ।

उनले भन तपाईंका सेटिङका कारणले अदालतले तपाईंसँग डराएर तपाईंको पक्षमा निर्णय गर्छन् भन्ने सोच्नुभएको छ भने तपाईं हार्नुहुन्छ । सेटिङले काम जासुसी उपन्यासमा मात्रै गर्छ ।

उनले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छाड्ने र अबको नेकपाले ओली जस्ता नेता नजन्माउने दाबी समेत गरे । भुसालले प्रतिगामी कदम सच्चाउन अझै समय रहेको भन्दै सोच्न आग्रह पनि गरे ।