मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेश

काठमाडौं, बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव पेश भएको छ। 

प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपले विभाजित भएपछि मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका सांसदले सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। 

नेकपाका प्रचण्ड-नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलमाथि अविश्वास प्रस्ताव दर्ता गरेका थिए।अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले बैठक माघ १९ गते दिउँसो २ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको जानकारी गराएका छन् ।