काठमाडौंमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

काठमाडौं,संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट समेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको हो ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट जुलुस निस्किएको थियो । बिभिन्न स्थानबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत भएको थियो ।

सो मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।