सूर्य चिन्ह ल्याउने म यहाँ जीवितै छुः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले आफूले ५० वर्षे सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले हैरानी मात्र दिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ५० वर्षसम्म जहिले पनि दुःख दिएका थिए । जहिले पनि हैरान मात्रै गरे ।

मैले थुमथुम्याउने, मलाई सधैँ दुःख दिए । उहाँ सधैँ अरुको हुर्मत लिन खोज्नुहुन्छ । ओलीले विधानभन्दा आफूलाई माथि ठानेको नेपालको भनाई छ । ओलीलाई अरिंगाल र साइबर सेना मन पर्ने पनि नेपालले बताएका छन् । ओलीका साइबर सेनाले विशाल पार्टीसँग सामना गर्न नसक्ने पनि उनले बताएका छन्। अरिंगाल र साइबर सेनालाई ख्याल रहोस्(सूर्य चिन्ह ल्याउने म यहाँ जीवितै छु उनले भने । ओलीलाई सुधार्न आफूले कोशिस गरेको पनि नेपालको भनाइ थियो।

ओली प्रवृतिको चर्को आलोचना गरेका नेपालले ओली ‘घरमा विवाद भए घरै भत्काउने, पार्टीमा समस्या भए पार्टी नै सक्ने, संसदमा समस्या भए संसद नै सिध्याउने’ प्रवृतिको मान्छे रहेको टिप्पणी गरे ।