काठमाडौँमा प्रचण्ड-नेपाल पक्षको विरोध प्रदर्शन सुरु

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आह्वान गरेको प्रदर्शन काठमाडौंमा सुरु भएको छ ।

आज प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा तोकिएको छ । जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रबाट जुलुस निकालिरहेका छन् । आजको प्रदर्शनमा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरिएको छ ।

सबैतिरका जुलुस रत्नपार्कमा जम्मा भएर मुल जुलुसमा परिणत हुनेछ । उक्त जुलुस रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट एनएसी भोटाहिटी रत्नपार्क, विद्युतप्राधिकरण हुँदै सभामा परिणत हुनेछ । विरोध सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।