अबैध भारतीय रकम सहित एक जना पक्राउ

कपिलवस्तु, शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णनगरले भारतबाट अबैध रुपमा भित्राईएको पांच लाख चौतिस हजार पांच सय भारतीय रुपैया सहित एकजनालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट चेक प्वाइंट मा शसस्त्र प्रहरी नायब निरीक्षक ठाकुर बहादूर केसीको कमान्डमा खटिएको टोलीले उक्त रुपैया बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्रि बाग्लुंङ निसीखोला गाउँपालिका वडा नं ५ बर्ष ३१ का भागिलाल विकको झोला चेकचाज गर्दा उक्त रकम बरामद भएको छ। भारतीय रुपयाको साथ साथै एक डलर अमेरीकी र दुई सय पैसा ओमानको पनि भेटिएको छ । चेकचाज गर्ने क्रममा ड्युटीमा रहेको शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरको टोलीले बिहिवार बिहान लगभग १० – ११ बजेका बिच उक्त भारतीय रुपैया बरामद गरेको हो ।

सो बरामद गरिएको पैसा र मान्छेलाई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी गरिरहेको कुरा शसस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोष्ट कृष्णानगरका शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्य ले बताएका छन्।