संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू

राजपत्रमा प्रकाशित विघटनको सूचना पेश

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू भएको छ । आजको इजलासमा राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ। महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका हुन् ।

बिहीबार रिट निवेदकका तर्फका अधिवक्ताहरुले राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको सूचना राजपत्रमा प्रकाशन नै नभएको बताएपछि न्यायाधीश अनिलकुमार सिन्हाले उक्त सूचना राजपत्रमा प्रकाशित भएको भए इजलाससमक्ष पेश गर्न महान्यायाधिवक्ता कार्यालयमार्फत सरकारी वकिललाई माग गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस भैरहेको छ ।