केपी ओलीलाई देशको चिन्ता छैनः माधव नेपाल

सुर्खेत, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपाका अध्यक्ष माधव कुमार नेपाललले सुर्खेतमा पत्रकार सम्मेलन गर्दै  यस्तो कुरा बताएका हुन । ओलीमा ब्यक्तिबादी दम्ब रहेको, देशलाई अनियन्त्रित गर्ने क्षमता प्रचुर मात्रामा पाइने बताए ।

जनताको साथ नपाएर कोहि कहिलेपनि नेता हुन नसक्ने भन्दै नेपालले ओलीलाई अहिले नेपाली जनताको साथ नभएको वताए । उनले झुटको खेति गरिरहेको जनताले थाहा पाईसकेको र अब यसको प्रतिकार गर्न जनता सडकमा उत्रिसकेको वताए । घरघरमा ग्यास , पानिजहाज , हावाबाट बिजुली निकाल्ने दन्तेकथा सुनाएर जनतालाई ठगेको पनि वताएका छन् ।

कुराकानीमा थप्दै नेपालले भने पदको निम्ति हुरुक्क हुने मान्छे कहिलेपनी राष्ट्र नेता हुन नसक्के बताए । संसद बिघटनको बिषयमा बोल्दै नेपालले भने यसको छिनोफानो सर्वोच्च अदालतले गर्ने र सर्वोच्च अदालतले सम्पुर्ण विषयबस्तुको अध्ययन गरेर आफ्नो पक्षमा न्याय गरिने समेत बताए । अध्यक्ष नेपाल, नेता जर्नाधन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुले आज नै काठमाडौँको बिरोध जुलुसलाई संम्बोधन गर्ने कार्यक्रम रहेको छ ।