इजलासले माग्यो प्रतिनिधिसभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना

काठमाडौं, सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । 

बिहिबार मुद्दामाथि बहसका क्रममा रिट निवेदकका अधिवक्ताले प्रतिनिधि सभा विघटन सदर गरेको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सूचना मागेका हुन् ।

अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले बिहीबारको सुनुवाइका क्रममा विघटनको सदर गरेपछि राजपत्रमा प्रकाशितसमेत नगरेको भन्द‌ै बहस गरेका थिए। संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित भएको सूचना भए उपलब्ध गराउन भनेको छ।