बहुमतले मात्र पार्टिको विधान संसोधन गर्न सक्छः माधब नेपाल

सुर्खेत, नेकपा प्रचण्ड-माधब समुहका अक्ष्यक्ष माधब कुमार नेपालले बहुमतले मात्र पार्टिको बिधान संसोधन गर्न सक्ने बताएका छन । बिहिबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा आयोजना गरिएको वृहत सभालाई संम्वोधन गर्दै अक्ष्यक्ष नेपालले नेकपा पार्टिको विधान संसोधन गर्नलाई बहुमत चाहिने बताएका हुन् ।

त्यो बहुमत केपी ओलीको समुहमा नरहेको जिकिर गरे । ४३४ केन्द्रिय सदस्य मध्य आफुहरुसंग ३०० भन्दा बढि केन्द्रिय सदस्य रहेको र विधान संसोधन गर्ने अधिकार प्रचण्ड नेपाल नेकपालाई मात्र रहेको बताए । प्रधानमन्त्री केपी ओली गुटवादी नेता , अबसरवादी नेता , जिद्धि स्वभाबका नेताको संज्ञा दिदै नेपालले भने , आजैदेखि उनलाई पार्टिको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने समेत बताए ।कार्यक्रममा बोल्दै नेपालले भने २ महिना झापाबाट भागेर मेरो डेरामा सरण लिएर बसे अनि मैलै उनलाई संरक्षण दिदै अगाडि वढाएको हुँ ।

केपीमा नक्कले चरित्र रहेको, उनि प्रधानमन्त्री हुन लायक नभएको र आफुले नै सिफारिस गरेर प्रधानमन्त्री वनाईदिएको दावि गरे । ओलीलाई सुर्धान सयौँ कोषिस गरेको तर सुर्धिने छाटकाट नदेखिएको जिकिर गर्दै अब जनताले उनलाई घुँडा टेकाएर छोड्ने बताए । आफ्नो कुर्सिको आयु बढाउन प्रतिनिधि सभा भंग गरेका हुन । कम्युनिष्ट आन्दोलन निति प्रधान हुने भएकाले केपी ओली सच्चा कम्युनिष्ट नभएको जिकिर गरे ।

संसारमा ओलीजस्ता तानाशाही धेरै भएको तथा अव तानाशाही प्रविधिको जमाना गईसकेको बताए । पार्टिले मागेको स्पष्टिकरण दिने हैसियत नभएकोले चार/पाँच दिनसम्म अलमलमा परेकोे बताए । सो बिरोध सभालाई पुर्व गृहमन्त्री जर्नाधन शर्मा,पुर्व वन तथा वातावरण मन्त्री शक्ति वहादुर वस्नेत,प्रदेश मन्त्री द्वय प्रकाश ज्वाला, विमला केसी , केन्द्रिय सदस्य झक वहादुर मल्ल लगायतका नेता कार्यकर्ताले सम्बोधन गरेका थिए ।