प्रधानमन्त्रीले राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले ९बिहीबार० राष्ट्रिय सभागृहमा ‘विशेष सम्बोधन’ गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज हुने प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने भएको छ । उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला, आज माघ ८ गते बिहान ११ बजे राष्ट्रिय सभागृह काठमाडौंमा सञ्चालन हुने कार्यक्रम रहेको छ, प्रेस सल्लाहकार थापाले जानकारी गराएका छन्, भेलामा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नु हुनेछ ।भेलामा देशभरिबाट सहभागिता रहने दाबी थापाले गरेका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेयता नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दुई खेमामा विभाजन भएको छ । एक समूह प्रधानमन्त्री ओलीले नेतृत्व गरेका छन् भने अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेका छन् । संसद भंग भएकै दिनदेखि दुई समूहले अलग–अलग बैठक र सभा गरिरहेका छन् र एकअर्कालाई आरोप लगाइरहेका छन् ।