नेकपा प्रचण्ड–माधव समूहले माघ ९ मा प्रदर्शन गर्दै

सार्वजनिक गर्‍यो निर्देशिका

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै चोइटिएको नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पक्षले माघ ९ गते काठमाडौंको रत्नपार्कमा संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ ।

विरोध प्रदर्शनलाई सफल पार्नको लागि नेकपा प्रचण्ड –माधव समूहले विभिन्न बुँदामा निर्देशिका तयार गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले मुख्य सात बुँदामा तयार भएको निर्देशिका बिहीबार सार्वजनिक गरेका हो ।

बुँदाको पहिलो नम्बरमा प्रत्येक प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुले केन्द्रले तोकेको संख्या नघटाइकन प्रदर्शनमा सहभागी गराउन निर्देशन दिएको छ । नेकपाले काठमाडौंको माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका,त्रिचन्द्र कलेज, वाल्मीकी कलेज र ललितपुरको कुपण्डोलबाट र्‍याली निकाल्ने भएको छ ।